बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जिरोनाविरुद्ध बार्सिलोनाको नाटकीय जित

शनिबार, ०१ कात्तिक २०८२, २१ : ५४
शनिबार, ०१ कात्तिक २०८२

काठमाडौँ । पहिलो हाफको १३औँ मिनेटमै गोल गरेर अग्रता बनाएको बार्सिलोनाले जिरोनाविरुद्ध नाटकीय जीत निकालेको छ । 

लालिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले निर्धारितपछि थपिएको इन्ज्युरी समयमा गोल गर्दै जिरोनालाई २–१ ले स्तब्ध बनाएको हो । घरेलु मैदानमा दर्शकको उत्साहपूर्ण समर्थन पाए पनि बार्सिलोना निर्धारित समयभर १–१ को बराबरीको अवस्था थियो । 

१३औँ मिनेटमै पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए, तर त्यसको सात मिनेटै जिरोनाले घरेलु टोलीविरुद्ध बराबरी गोल फर्कायो । दोस्रो हाफमा गोल गर्न निकै मिहिनेत गरे पनि पाउलो गाजानिगाको पोस्टमा बार्सिलोनाले प्रहार मात्र गर्न सकेको थियो, तीन अंक जोड्न सकेको थिएन । 

तर निर्धारित समयपछि थपिएको चार मिनेटभित्र बार्सिलोनाका मुख्य डिफेन्डर अराउहोले नाटकीय गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जीत दिलाउन सफल भए । जीतसँगै बार्सिलोनाले ९ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ, रियल मड्रिड ८ खेलबाट २१ अंकसहित दोस्रो स्थानमा छ । 

करिब दुई साता लामो अन्तर्राष्ट्रिय ब्रेकपछि आजबाट लालिगाका खेलहरू पुनः सुरु भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप