शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मेयर हर्क साम्पाङले पार्टी दर्ताका लागि गरे सनाखत

आइतबार, ०२ कात्तिक २०८२, १४ : ५७
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ताका लागि प्रक्रिया पूरा गरे।
  • मेयर साम्पाङले 'माटो' चुनाव चिह्न लिएर आगामी निर्वाचनमा भाग लिने बताएका छन्।
  • उनले जेनजी आन्दोलनबाट मुलुकलाई निकास दिन काठमाडौं आएको र विवादका कारण धरान फर्केको बताए।

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन्। आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रूपमा सनाखत गरेका हुन्। 

उनले गत असोजमा ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। साम्पाङले 'माटो' चुनाव चिह्नका साथ आगामी निर्वाचनमा होमिने बताएका छन्। उनले देशमा अप्ठेरो काम गर्न आफू आएको र अब देशलाई अघि बढाउन आफूले भूमिका खेल्ने जिकिर गरे।

harka sampang (2)

जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफू काठमाडौं आए पनि जेनजी भित्रको विवादले गर्दा आफू धरान फर्किएको उनको भनाइ छ। दल दर्ता प्रक्रिया पूरा भएसँगै मेयर साम्पाङको राजनीतिक यात्राले नयाँ मोड लिएको छ।

harka sampang (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप