गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो होइन : प्रभु साह
सारांश
- पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन्।
- साहले गृहमन्त्रीलाई चुनावको म्याण्डेटमा ध्यान दिन र अनावश्यक मिडियाबाजी नगर्न चेतावनी दिए।
- उनले वर्तमान सरकार देशलाई निकास दिन नसक्ने र अधिनायकवादी शासकहरूले टाउको उठाउन थालेको आरोप लगाए।
रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । गृहमन्त्री अर्यालले देशमा शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने गरी भूमिका नखेलेको भन्दै साहले प्रश्न उठाएका हुन् ।
देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधको उत्रिन खोजेको आभास हुन थालेको भन्दै साहले आलोचना गरे ।
मौलापुरमा आज पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए ।
उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।
उनले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाए । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेनजी आन्दोलनको क्रममा युवाहरूको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।
साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने सङ्केत देखिएको भन्दै निर्णायक सङ्घर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई अपिल गरेका छन् ।
उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाइएको भए पनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरू अकारण फिर्ता बोलाइएकोमा आक्रोश पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण