तिम्सिनाको पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’ बजारमा
विराटनगर । मोरङ पथरी शनिश्चरे–१ निवासी खोजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले राणाकालीन अवस्थादेखि वर्तमान समयसम्मका नेपालको बैंकको इतिहास समेटिएको पुस्तक प्रकाशन गरेका छन् ।
पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास पनि समेटिएको छ । ‘नेपालको बैङ्किङ इतिहास’ नामक सो पुस्तक बजारमा आइपुगेको उनले बताए ।
पुस्तकमा नेपालका ‘क’ र ‘ख’ श्रेणीका बैङ्कहरुको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मकै १८ जना गभर्नरको विषय पनि उल्लेख छ ।
यस्तै १० वर्षको माओवादी सशस्त्र द्वन्द्वकालमा बैंकमा भएको आक्रमण, नेपाली बैंक मर्जरको इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैंक खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैंकिङ क्षेत्रका अगुवा बिके श्रेष्ठलगायतका इतिहास पुस्तकमा छ ।
पुस्तकमा नेपाली बैंङ्कले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरू, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, विपत्तिमा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैंकहरू, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकालदेखिका मुद्रा खोज गरी लेखिएको छ ।
भोजपुरको टक्सारको इतिहास, पूर्वमा खुलेका बैङ्कहरू, बैङिकङ क्षेत्रमा महिला सहभागिताको विषय पनि पुस्तकमा उल्लेख छ । पुस्तकमा विभिन्न ५१ बटा विषयमा समेटिएको उनले जनाए । २७२ पेजको पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैंकमा भएको क्षतिको विषयमा पनि खोज गरी लेखिएको छ ।
तिम्सिनाको यो १४ औँ पुस्तक हो । उक्त पुस्तक झापा दमकको स्रष्टा छापाखानाले छापेको हो भने निर्देशक लिला निरौला रहेका छन् । तिम्सिना विगत एक दशकदेखि निरन्तर खोजमूलक पुस्तक लेखनमा लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण