तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री
मुस्ताङ । मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ ।
यसअघि दसैँमा मुस्ताङसहित डोल्पा, मुगु, जुम्लालगायत स्थानबाट १६ हजार भेडाच्याङ्ग्रा बेनी–जोमसोम सडक मार्ग हुँदै बिक्रीका लागि अन्यत्र लगिएको पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिए । दसैँ तथा तिहारमा भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको उनले बताए ।
घरपझोङ–४ जोमसोमका व्यापारी पेम्बाछिरिङ रोकायाले ८० च्याङ्ग्रा तिहारका लागि बजारमा पुर्याएका छन् ।उनले दसैँमा ३०० च्याङ्ग्रा बिक्रीका लागि पोखरा पुर्याएका थिए । मुस्ताङबाट खेदाएर बेँसी झार्दै गरेका व्यापारी रोकायले म्याग्दीको तातोपानीबाट ट्रकमा ढुवानी गरी पोखरा पुर्याएका हुन् ।
दसैँमा प्रतिच्याङ्ग्रामा रु पाँच हजारसम्म घाटा भएको उनले बताए । तिहारका लागि खरिद गरिएको च्याङ्ग्रा खोरमा नै रु ३० हजार परेको र थोरै च्याङ्ग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको व्यापारी रोकायाले बताए ।
मुस्ताङबाट पोखरा पुर्याउँदा प्रतिच्याङ्ग्राको ढुवानी खर्च रु एक हजार ५०० लाग्ने उनको भनाइ छ । विगत १२ वर्षदेखि निरन्तर च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका रोकायाले च्याङ्ग्राको व्यापारमा जोखिम हुने गरेको बताए ।
मुस्ताङका पाँच स्थानीय तहमा ५७ हजार बढी भेडाच्याङ्ग्रा पालन गरिएको छ । जसमध्ये २५ प्रतिशत मात्रै भेडाच्याङ्ग्रा बिक्री भएको छ ।
हिमाली जिल्लामा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले उपभोक्ताले बढी रुचाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण