सडक किनारबाट उद्धार गरिएको कछुवा सिमसारमा छाडियो
मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारेबाट उद्धार गरिएको कछुवालाई बुधबार सुरक्षित वासस्थानमा छाडिएको छ ।
संरक्षणकर्मी एवं विज्ञान लेखक गोविन्द पोखरेलले सडक किनारमा फेला पारेको कछुवा सिमसार क्षेत्रमा छाडेका हुन् ।
लक्ष्मी पूजाको दिन घर नजिकैको सडकमा फेला परेको ’इन्डियन फ्ल्यापसेल टर्टल’लाई बेतिनी सिमसार क्षेत्रमा छाडेका हुन् । यो कछुवालाई नेपालीमा पुतली कछुवा समेत भनेर भनिन्छ ।
उर्लाबारी–२मा रहेको बेतिनी सामुदायिक वन एवं सिमसार समितिका पदाधिकारीहरूको रोहबरमा सिमसार क्षेत्रमा उनले छाडेका हुन् ।
पोखरेलले यसअघि पनि उर्लाबारीका विभिन्न स्थानहरूमा भेटिएका कछुवाका उद्धार गरेर करिब एक दर्जनभन्दा बढी कछुवा बेतिनी सिमसारमा छाडेका हुन् ।
संरक्षणको हिसाबले यो कछुवा र गैँडाको प्राकृतिक अवस्था एउटै हो । दुवै प्रजातिलाई आईयूसीएनले ’भर्लनरेबल’ सूचीमा राखेको पोखरेलले बताए ।
हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत पोखरेलका अनुसार यो प्रजातिको कछुवा पछिल्लो ४५ वर्षमा ३० प्रतिशतले घटेको छ ।
सिमसार क्षेत्रको अधिक अतिक्रमण र विनाशका साथै स्थानीय स्तरमा खानाका लागि उपभोग हुँदा यो प्रजातिको सङ्ख्या घट्दो अवस्थामा रहेको उनले बताए ।
यो प्रजातिको कछुवा नेपालसहित भारत,बङ्गलादेश,पाकिस्तान लगायतका मुलुकहरूमा पाइने गर्छ । यो कछुवा सिमसार क्षेत्र,पोखरी,नदी किनार,धाब,सहरी क्षेत्रका सिँचाई आयोजना तथा धान खेतमा पनि पाइने गर्छ ।
पोखरेलका अनुसार यो प्रजातिको प्रजनन सुरु गर्मीयामको अन्त्य र मनसुनसँगै सुरु हुन्छ । एउटा पोथीले २ देखि १५ वटासम्म फूल उत्पादन गर्ने उनले बताए । यो कछुवाको चार देखि ५ वर्षको उमेरदेखि प्रजननका लागि योग्य हुने विज्ञहरू बताउँछन् ।
आयूसीएनका अनुसार यो प्रजातिको कछुवाको अधिकतम कति वर्षसम्म बाँच्न सक्ने भन्ने सन्दर्भमा उल्लेख नभएपनि एउटा पुस्ता करिब १५ वर्षसम्म हुने अनुमान गरिएको छ ।
नेपालमा कछुवाका तीन परिवारका १८ वटा प्रकारका पाइन्छन् । यो कछुवा मांसाहारी र शाकाहारी दुवै भएकाले सर्वहारी प्रजाति रहेको पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण