भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च
सारांश
- भोजपुर जिल्लामा यस वर्ष समयमा फूल नफुल्दा अभाव देखिएको छ, किसानहरुले उत्पादनमा कमी आएको बताए।
- मौसम अनुकूल नहुँदा तिहारका लागि लगाइएका मखमली, सयपत्री, गोदावरी फूलहरू समयमै फुलेनन।
- उत्पादन कम हुँदा फूलको माग बढेको र मूल्य समेत बढेको स्थानीय व्यापारीहरुको भनाइ छ।
भोजपुर । यस वर्ष समयमा फूल नफुल्दा भोजपुर जिल्लामा फूलको अभाव देखिएको छ। गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूले बताएका छन्।
सामान्यतया असोजको अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नभएकाले अहिलेसम्म अधिकांश बोटहरूमा कोपिला मात्रै बनेका छन्। यही कारणले तिहारमा बढी प्रयोग हुने मखमली, सयपत्री, गोदावरी लगायतका फूलको अभाव भएको हो।
भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको बताइन्। उनले भनिन्, "अहिले तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा समयमा फुलेन। अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन्।"
स्थानीय व्यापारीहरूका अनुसार, उत्पादन कम हुँदा फूलको माग अत्यधिक बढेको छ र माग धान्न समस्या भइरहेको छ। उत्पादन घटेकाले यस वर्ष फूलको मूल्यसमेत बढेको स्थानीयको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण