मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
सारांश
- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १२ अर्ब २८ करोडको मालवस्तु आयात भएको छ।
- गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १३.३१ प्रतिशतले बढेको छ।
- निर्यात भने २१.०८ प्रतिशतले घटेको छ, तर राजस्वमा वृद्धि भएको छ।
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट रु १२ अर्ब २८ करोड ३० लाख बराबरका मालवस्तु आयात भएका छन्।
भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो आयात गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३.३१ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासिकमा रु १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो।
यद्यपि, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा रु चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुकमा निर्यात भएको छ। गत आवको सोही अवधिमा रु ६ अर्ब आठ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो। यसरी निर्यात २१.०८ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले बताए।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस आदि रहेका छन्। त्यस्तै, आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडा लगायतका वस्तुहरू छन्।
कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट रु चार अर्ब १५ करोड २० लाख आठ हजार राजस्व सङ्कलन भएको छ। यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् रु ५६ करोड २९ लाख ९७ हजारले बढी हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण