शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एलिनाले दिइन् अलोचकलाई जवाफ : प्रताप दासलाई भाइटिका

शुक्रबार, ०७ कात्तिक २०८२, १० : ४४
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • गायिका एलिना चौहान र गायक प्रताप दासले अमेरिकामा साङ्गीतिक कार्यक्रम गरेका थिए।
  • उनीहरुले अमेरिकामा भाइटिका लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे।
  • एलिना चौहान आज नेपाल फर्किंदै छिन्।

काठमाडौँ । गायिका एलिना चौहान र गायक प्रताप दास साङ्गीतिक कार्यक्रमको सिलसिलामा लामै समय अमेरिकामा रहे । उनीहरु अमेरिका रहँदा दुवैले बारम्बार टिकटक भिडियो समेत अपलोड गर्थेँ ।

एकसाथ अमेरिकामा घुमघाम गरिरहेका उनीहरूको विषयमा विभिन्न टिका टिप्पणी पनि भयो । कतिले प्रेम र अफेयरको हल्ला चलाए । जसको जवाफ उनीहरुले स्ट्याटस लेख्दै दिँदै आएका थिए ।

अहिले भने उनीहरुले भाइटिका नै लगाएका छन् । उनीहरूले अमेरिकामै भाइटिका लगाएका हुन् । 

एलिनाले प्रतापलाई भाइटिका लगाइदिएको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्– ‘दाजु बहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजु बहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज ।’

एलिना आजै नेपाल फर्किँदै छिन् । उनले आजै नेपाल फर्कन लागेको जानकारी सामाजिक सञ्जालबाटै दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप