४३ घण्टादेखि बक्सअफिस@सिनेपाः एपमा समस्या
शुक्रबार, ०७ कात्तिक २०८२, १७ : ४५
काठमाडौँ । केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली, जिआईडिसी, सिंहदरबारमा उत्पन्न भएको प्राविधिक समस्याका कारण बक्सअफिस@सिनेपाः सर्वर अस्थायी रूपमा प्रभावित भएको छ ।
सो कारणले पछिल्लो ४३ घण्टादेखि बक्सअफिस@सिनेपाः एप सञ्चालनमा समस्या देखिएको शुक्रबार चलचित्र विकास बाेर्डले सूचनामार्फत जानकारी दिएकाे छ ।
'सर्वरमा समस्या भएको अवधिको पनि नेपालभर प्रदर्शनमा रहेका चलचित्रहरूको सम्पूर्ण रियल टाइम बक्स अफिस डाटा सुरक्षित रूपमा तीन वटा स्थानमा (ब्याकअप सर्भरहरूमा) सुरक्षित रहेका छन्,' बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्राविधिक टोली निरन्तर मर्मत कार्यमा सक्रिय रूपमा जुटिरहेको भन्दै यथासम्भव छिटो प्रणाली पुनः सञ्चालनमा ल्याई बक्सअफिस@सिनेपा एपमार्फत रियल टाइम रिपोर्ट हेर्न मिल्ने व्यवस्था गरिने सूचनामा उल्लेख गरिएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण