कर्णालीमा छुट्टाछुट्टै सवारी दुर्घटना : १ जनाको मृत्यु, ७ जना घाइते
सारांश
- कर्णाली प्रदेशमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
- कालिकोटको सेरिघाटमा जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भयो र दुई जना घाइते भए।
- सल्यानको शिवगुफामा नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
सुर्खेत । कर्णाली प्रदेशमा गएराति भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। कालिकोट र सल्यानमा भएका यी दुर्घटनामा सवारी साधन अनियन्त्रित भई सडकबाट पल्टिएका थिए।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार, गए राति कालिकोटको खाँडाचक्र नगरपालिका–२ सेरिघाटमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १११५ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
गाडीमा २४ जना यात्रु सवार थिए । दुर्घटनामा परी जुम्ला हिमा गाउँपालिका–४ बस्ने १९ वर्षीय अर्जुन बुढाको मृत्यु भएको छ । घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल कालिकोटमा निधन भएको हो।
यस्तै, दुर्घटनामा जुम्ला सिजा गाउँपालिका–५ बस्ने २३ वर्षीया रञ्जिता रोकाया र उनका ५ वर्षीय छोरा उपेन्द्र रोकाया घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
यसैगरी, सल्यानको छत्रेश्वरी गाउँपालिका–६ शिबगुफामा गए राति अर्को सवारी दुर्घटना भएको छ। नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको लु.प्र.०१–००१ख ०७०६ नम्बरको फौस गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । रुकुम पश्चिम सानिभेरी गाउँपालिका–८ बस्ने २३ वर्षीय चालक दीपक केसीले चलाएको उक्त गाडीमा १२ जना यात्रु सवार थिए।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुम पश्चिम सानिभेरी गाउँपालिका–११ बस्ने ४० वर्षीय डिल्लीबहादुर खत्री (बायाँ हातको बुढी औँलामा चोट), ५२ वर्षीय भीमबहादुर डाँगी (बायाँ हातको औँला र अनुहारमा चोट), सानिभेरी–१ बस्ने ४८ वर्षीय वीरबहादुर खड्का (घाँटीमा चोट), खड्काकी श्रीमती ४८ वर्षीया धनसरी खड्का (अनुहारमा चोट) र सल्यान दार्मा गाउँपालिका–२ बस्ने २ वर्षीय जनक देवकोटा (निधारमा चोट) रहेका छन्।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायब निरीक्षक धनबहादुर नेपालीको कमान्डमा ट्राफिकसहित ५ जनाको प्रहरी टोली खटिएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आवश्यक कागजातहरू प्रहरीको साथमा रहेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण