मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

सोमबार, १० कात्तिक २०८२, १४ : ३९
सोमबार, १० कात्तिक २०८२

सारांश

  • माओवादी केन्द्रका संयोजक प्रचण्डले शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए।
  • उनले निर्वाचनको विकल्प नभएको र पार्टी निर्वाचनको तयारीमा लागिसकेको जानकारी दिए।
  • प्रचण्डले सरकारलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दै समाजवादी मोर्चाका दलहरूसँग एकताको छलफल भइरहेको बताए।

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए ।

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ’, उनले भने, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’ 

संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो । 

‘यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबिच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र  माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ’, संयोजक दाहालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप