गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान
सारांश
- प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा आउन आह्वान गरेका छन्।
- उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमार्फत अघि बढ्न आग्रह गरेका हुन्।
- माओवादी केन्द्रका संयोजक प्रचण्डले वामपन्थी शक्तिहरूलाई एकता र साझा आन्दोलनको आवश्यकता औंल्याए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमार्फत अघि बढ्न आग्रह गरेका हुन् । उनले भनेका छन्– 'यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी सक्तीहरूबिच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक सक्तीहरूबिच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। '
राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन् ।
प्रचण्डले थप भनेका छन्– 'यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण