बीमाको पैसा धुत्न आफ्नै कारमा आगो लगाएपछि.....
रियो द जेनरियो । एकै पटक धेरै पैसा कमाउन मान्छे अनेक तिगडम गर्छन् । ब्राजिलमा भने एक जना पुरुषले बिमाको रकम धुत्न आफ्नै पोर्स कारमा आगो लगाए । यो घटना अक्टोबर ५ को थियो । परानाको प्रहरीलाई फोन आयो । ट्राफिकमा कार रोकेर हतियारधारी मानिस चढेको अनि ग्रामीण भेगमा लगेर कारमा आगो लगाइदिएको पीडितले बताए ।
घटनास्थलमा आफूले चिच्याएको सुनेर एक जना मान्छे आएर आफूलाई अन्तिम क्षणमा बचाएको उनको भनाइ थियो । यस क्रममा आफूलाई सामान्य चोटपटक लागेको उनले बताए । आफूले आगजनी गर्ने मान्छे नचिनेको अनि यसको कारण पनि थाहा नभएको उनको भनाइ थियो ।
प्रहरीले घटनाको छानबिन शुरु गर्यो । तर घटनास्थलको नजिकै रहेको खेतमा सीसीटीभी रहेछ । कारमा आगो लगाउँदाको हरेक पल त्यसमा कैद भएका थिए । सीसीटीभी हेर्दा प्रहरी छक्क परे । पोर्स कारमा आगो लगाउने व्यक्ति पीडित भनेर प्रहरीलाई फोन गर्ने व्यक्ति जस्तै जस्तै थिए । उनले उस्तै कपडा लगाएका थिए ।
कार चलाउँदै आएका व्यक्तिले नै कारबाट पेट्राल निकालेर छर्किएर आगो लगाइरहेको फुटेजमा देखिएको थियो । यो फुटेज देखेपछि प्रहरीले फेरि कारधनीलाई केरकार गरे । तर उनी आफ्नो कुराबाट टसका मस भएनन् । जलेर शरीरमा लागेका चोट आफूले सत्य बोलेको प्रमाण भएको दाबी उनको थियो ।
कारधनीले कारको तिर्न बाँकी ऋण थियो । कारको मूल्य झन्डै ७ लाख ब्राजिलियन रियास पथ्र्यो । कार बेचेर आउने पैसाले ऋण तिर्न पुग्दैनथ्यो । त्यसैले उनले बीमाबाट आउने पैसा धुत्नका लागि उनले कार नै जलाइदिए ।
रोचक कुरा चाँहि के छ भने यो घटना कैद गरेको क्यामरा केही माइलको दूरीमा थियो । यस घटनामाथि छानबिन जारी छ । कारधनीमाथि बीमा धोकाधडीको अभियोग भने चलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण