अपडेट
तिहारपछि पहिलोपटक खुलेको सेयर बजारमा उत्साह
मङ्गलबार, ११ कात्तिक २०८२, १५ : ३०
काठमाडौँ । तिहारपछि पहिलो दिन खुलेको सेयर बजारमा उत्साह देखिएको छ । मंगलबार बजार परिसूचक (नेप्से) ६२.२९ अङ्कले बढेको हो । योसँगै बजार परिसूचक २५७१.३४ अङ्कमा पुगेको छ ।
आज बजारमा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । बजारमा आज २३६ कम्पनीको सेयर मूल्य बढेको छ, १२ कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज न्यादी पावर कम्पनीको सकारात्मक सर्किटसहित सबैभन्दा धेरै मूल्य बढेको छ । योसहित ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । हिमालयन पावर पार्टनरको मूल्य सर्वाधिक घटेको छ ।
आज बजारमा ट्रेडिङ बाहेक अन्य समूहको परिसूचक बढेको छ । विकास बैंक ४ प्रतिशत भन्दा धेरै तथा हाइड्रो, फाइनान्स, इन्भेष्टमेन्ट र लाइफ इन्स्योरेन्सको मूल्य ३ प्रतिशत भन्दा धेरै बढेको छ ।
आज हिमालयन पावर पार्टनरको सर्वाधिक २४ करोडको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण