यात्रुवाहक विमान भारतमै बन्ने
काठमाडौँ । भारतमा अब यात्रुवाहक विमानको निर्माण हुने भएको छ । हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) र रुसी पब्लिक ज्वाइन्ट स्टक कम्पनी युनाइटेड एयरक्राफ्ट कर्पाेरेशनले भारतमा एसजे–१०० यात्रुवाहक विमान बनाउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सोमबार रूसको राजधानी मस्कोमा सम्झौतामा हस्ताक्षर भएको थियो । एचएएलले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ ।
एसजे–१०० दुई इन्जिन भएको, सानो आकारको विमान भएको अनि अहिलेसम्म २०० भन्दा बढी यो विमान बनिसकेको र यसलाई १६ भन्दा बढी एयरलाइन्सले यात्रु ओसारपसारमा प्रयोग गरिरहेको एचएएलले विज्ञप्तिमा भनेको छ ।
यो विमान भारतमा छोटो दूरीको उडानहरूका लागि गेम चेञ्जर हुन सक्ने आशा कम्पनीले गरेको छ । यस सम्झौता अन्तर्गत एचएएलले घरेलु यात्रुहरूका लागि एसजे–१०० विमान बनाउने अधिकार प्राप्त गर्ने बताइएको छ ।
भारतमा कुनै पनि यात्रुवाहक विमान पूरै बनेको यो पहिलो पटक हुने बताइएको छ । यसअघि, कम्पनीले १९६१ मा एवीआरओ एचएस–७४८ विमान बनाउन सुरु गरेको थियो । यसको उत्पादन १९८८ मा बन्द भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण