झापा र रुपन्देहीमा सवारी दुर्घटना, ५ जनाको मृत्यु
सारांश
- झापा र रुपन्देहीमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
- दमक नगरपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- रुपन्देहीमा इभी र मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ, घाइतेहरूको उपचार भइरहेको छ।
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । झापा र रुपन्देहीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।
झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकस्थित सडकमा बा.२ ख १९८३ नम्बरको बस अनियन्त्रित भई मङ्गलवार राति दुर्घटना हुँदा बसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरेमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित सडकमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी अनियन्त्रित भई मङ्गलवार राति दुर्घटना हुँदा गाडीमा सवार सैनामैना नगरपालिका–८ बस्ने ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका– ५ बस्ने ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पिपरा अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालक समेत २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवल तथा अन्य २ जनाको मर्सिसिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगानगरस्थित सडकमा लु.४२ प ३५४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भएका ३५ वर्षीय सूर्यप्रसाद अधिकारीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण