सात गोलको थ्रिलरमा चेल्सीको जित, न्युक्यालसँग हार्यो स्पर्स
सारांश
- चेल्सीले काराबाओ कपमा वोल्भरह्याम्प्टन वन्डर्सलाई ४-३ गोलले हराएर क्वार्टरफाइनलमा प्रवेश गर्यो।
- पहिलो हाफमा चेल्सीले ३-० को अग्रता लिए पनि दोस्रो हाफमा संघर्ष गर्यो र नियमित खेलाडी उतार्नुपर्यो।
- टोटनह्याम हट्सपरलाई हराउँदै न्युक्यासल युनाइटेड पनि कारबाओ कपको क्वार्टरफाइनलमा पुग्यो।
लण्डन । काराबाओ कपको अन्तिम १६ मा वोल्भरह्याम्प्टन वन्डर्स (वूल्भ्स) लाई हराउँदै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सात गोलको थ्रिलरमा चेल्सी ४-३ गोलले विजयी बनेको हो ।
पहिलो हाफमा आन्द्रे सान्तोस, टायरिक जर्ज र एस्टेभाओ विलियमको गोलले चेल्सीलाई सहज अग्रता दिलाएको थियो। यद्यपि, दोस्रो हाफमा टोलु एरोकोडारेले एक र डेभिड मोलर वोल्फले दुई गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो बनेको थियो।
खेलको अन्तिम समयमा चेल्सीका लागि जेमी गिटेन्सले गोल गर्दै जित सुनिश्चित गरे। १० हप्तापछि मैदानमा फर्किएका स्ट्राइकर लियाम डेलाप ६०औँ मिनेटमा मैदान प्रवेश गरे पनि अन्तिमतिर दुई पहेँलो कार्ड पाएर बाहिरिए।
चेल्सी पहिलो हाफमै ३-० ले अगाडि थियो, तर दोस्रो हाफमा कमजोर प्रदर्शनका कारण एन्जो फर्नान्डेज, मार्क कुकुरेल्ला, पेड्रो नेटो र मोइसेस काइसेडोजस्ता नियमित खेलाडीहरूलाई मैदानमा उतारेर बल्लतल्ल जित हात पार्न बाध्य भयो।
अर्को खेलमा, फ्याबियन शार र निक वोल्टेमाडेको गोलले टोटनह्याम हट्सपरलाई पाखा लगाउँदै साबिक विजेता न्युक्यासल युनाइटेडलाई कारबाओ कपको क्वार्टरफाइनलमा पुर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण