विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु
सारांश
- विभिन्न जिल्लाहरूमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
- बारा, रूपन्देही, कपिलवस्तु, रोल्पा, पाल्पा र बैतडीमा भएका दुर्घटनामा चालक र पैदलयात्रीको मृत्यु भएको छ।
- प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ, र चालकहरूलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ।
बाराको परवानीपुर गाउँपालिका-२, मुसहरी टोलस्थित सडकमा ना.१ ज ७३७३ नम्बरको सुमोले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीय गौरी शंकर साहको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ। सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपालिका-१६, बैठौलीस्थित सडकमा लु.१ ख ४७४९ नम्बरको माइक्रो बसको ठक्करबाट साइकलयात्री पार्वती चौधरीकी २ वर्षीया छोरी कीर्ति चौधरीको बुधबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका-१, बनकसबासस्थित सडकमा बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बसको ठक्करबाट नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुष पैदलयात्रीको गए राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका-४, धुलेओडारस्थित सडकमा लु.२ च ८०१५ नम्बरको बोलेरो पिकअप बुधबार राति दुर्घटना हुँदा चालक सुनछहरी गाउँपालिका-६ बस्ने ३२ वर्षीय थम्मन रोका मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौंरमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य तीन जनाको लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा उपचार भइरहेको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४, पिपलभन्ज्याङस्थित सडकमा लु. प्र.०१-००१ ज ००९१ नम्बरको ईभी भ्यान बुधबार दिउँसो दुर्घटना हुँदा चालक ३४ वर्षीय कमल रायमाझी, भ्यानमा सवार रैनादेवी छहरा गाउँपालिका-१ का ३७ वर्षीय मुक्त बहादुर बुढाथोकी र सोही गाउँपालिका-४ का ४१ वर्षीय राम बहादुर गाहाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, बैतडीको मेलौली नगरपालिका-७, सवाखानीस्थित सडकमा से.१ ज ७३२ नम्बरको जिप अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका-२ बस्ने २४ वर्षीया तुलसी पाण्डेयको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका चालकसमेत गाडीमा सवार अन्य चार जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण