नयाँ दल दर्ता गर्नुको कारणबारे के भन्छन् रेशम चौधरी ?
सारांश
- रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
- उनले जेलमा बसेर पार्टी गठन गरे पनि सोचेअनुसार काम नभएको बताए र नयाँ पार्टी दर्ता गराए।
- चौधरीले पुरानो दलसँग सहकार्य हुनसक्ने संकेत गर्दै फागुन २१ मा हुने चुनावको चिन्ता व्यक्त गरे।
काठमाडौं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
४१ सदस्यीय कार्यसमिति रहेको उक्त पार्टीका नेताहरू रातो पोसाकमा निर्वाचन आयोगको कार्यालय पुगेका थिए । रातो पोसाक नै किन ? चौधरीले भने, 'पोसाकको केही संकेत होइन, साथीहरूले एउटै पोसाकमा जाऔंँ भन्नुभयो, हामीले व्यवस्थापन गरेर गर्यौँ ।'
आफूले जेलमा बसेर पार्टी गठन गरेको र त्यसबाट निकै ठुलो अपेक्षा गरे पनि विभिन्न कारणले सोचेअनुसार काम नभएको उनले बताए । आफू जेलमा छँदा पार्टीका कारण विभित्र समस्या झेल्नुपरे पनि त्यसको समाधान गर्दै आएको चौधरीको भनाइ थियो । तर निकै प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए ।
जेलबाट निस्केपछि पनि समस्या मिलाउन निकै प्रयास गरेको तर नसकेर नयाँ पार्टी जन्माउनुपरेको उनले तर्क गरे । उनले पार्टीभित्रको आन्तरिक समस्या बढ्दै जाँदा पनि लुम्बिनी प्रदेशमा हुने भनिएको उपनिर्वाचनमा पनि समस्या भोग्नुपरेको बताए, यद्यपि उपनिर्वाचन हाललाई नहुने भएको छ ।
'फागुन २१ मा हुने चुनावमा फेरि त्यही अवस्था आउने हो कि भन्ने आशंका लागेर अर्को नयाँ पार्टी दर्ता गराएका हौँ,' चौधरीले भने, 'जालझेल गरेर फेरि पार्टीका नेताहरूलाई चुनावबाट वञ्चित गर्ने हो कि भनी चिन्ता थियो तर अब त्यस्तो नहोस् भनी पार्टी नै दर्ता गराउन लागेका हौँ ।'
जेलबाट दुःख गरेर नयाँ दल गठन गरे पनिय भविष्यमा पुरानो दलसँग सहकार्य हुन सक्ने पनि चौधरीले संकेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण