जाँचबुझ आयोगका सदस्यमाथि किन खनिए सुदूरका पूर्वमुख्यमन्त्री ?
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले सांसद राजेन्द्रसिंह रावल जेनजी प्रदर्शन छानबिनका लागि गठित जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीमाथि खनिएका छन् ।
बिहीबार कञ्चनपुरमा जेनजी आन्दोलनपछि भएको तोडफोड लगायतको घटनाबारे अनुगमन गर्न पुगेका भण्डारीमाथि आक्रोशित भएका हुन् ।
कञ्चनपुरका विभिन्न भवनहरूको निरीक्षण पश्चात् भण्डारी भीमदत्त नगरपालिकाको कार्यालयमा सर्वदलीय छलफलमा सहाभागी हुन पुगेका थिए । छलफल सुरु हुनै लाग्दा पूर्वमुख्यमन्त्री रावल त्यहाँ पुगेका थिए ।
रावल ‘अपराधिहरुलाई लुकाएर ठुला कुरा गर्ने’ भन्दै भण्डारीमाथि खनिए । रावलले आक्रोशित हुँदै भने,‘मेरा बालबच्चाहरूको के हालत भएको थियो, देख्नुभएको थियो ? अहिले नाटक देखाउन आउने ?’ भण्डारीको नजिकै पुगेका रावललाई सुरक्षाकर्मीहरूले छेकेका थिए ।
‘मेरो पार्टी कार्यालय भवन आगो लाग्दाखेरि के तपाईँ अहिले तमासा देखाउन आउनु भएको ? राज्यको तर्फबाट नाटक देखाउन आउने ?’ रावलले आक्रोशित हुँदै भने ।
जेनजी प्रदर्शनका क्रममा रावलको घरमा समेत आगजनी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण