पूर्ण रूपमा अवरुद्ध छन् यी राजमार्ग
सारांश
- अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।
- कोशी प्रदेशमा चक्रवात 'मोन्था'का कारण मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
- विभिन्न स्थानमा गएको पहिरो र बाढीले गर्दा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ । पछिल्लो समय भएको निरन्तरको वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध हुन पुगेका छन् ।
जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवत ‘मोन्था’का कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गर्दै मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । यो राजमार्गको इलाम खण्ड भने पहिरोका कारण अवरुद्ध छ ।
सङ्खुवासभाको भोटखोला–४ बरुणखोला स्थित कोशी राजमार्ग गत जेठदेखि नै अबरुद्ध छ । बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको हो । रुकुम पूर्व मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मको लागि पूर्णरुपमा बन्द रहेको छ ।
मुस्ताङ वारागुङ मुक्तिक्षेत्रको जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो अवरोध लेदोसहितको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
यता म्याग्दी बेनी–०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । बीपी राजमार्गको विभिन्न स्थानमा पनि सडक अवरुद्ध छ ।
पाँचथरको तुम्वेवा–२ र धनकुट्टाको चौबिसे –४ सिमाना स्थित तमोर–कोरिडोर सडकखण्ड बाढीका कारण अबरुद्ध छ ।
ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्ग, रसुवाको पासाङल्हामु सडक खण्डमा विभिन्न स्थान, सिन्धुलीको गोलन्जोर–६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
पाँचथरको याङवरक–३ मध्य पहाडी लोकमार्ग, रामेछापको खाँडादेवी–१ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण