झापा बजार- कुञ्जिबारी जोड्ने पुल मर्मत नहुँदा आवागमनमा समस्या
सारांश
- झापाको सानो माइको पुल बाढीले भत्काएपछि मर्मत नहुँदा आवागमनमा समस्या भएको छ।
- ६ करोडको लागतमा बनेको पुल तीन वर्षअघि निर्माण भए पनि मर्मत हुन सकेको छैन।
- पुल मर्मतका लागि विशेषज्ञ टोली गठन भइसकेको छ र डाइभर्सन बनाउने तयारी भइरहेको छ।
झापा । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ स्थित सानो माइको पुल भासिएपछि मर्मत नहुँदा आवागमनमा समस्या भएको छ । झापा बजार हुँदै कुञ्जिबारी जोड्ने उक्त पुल गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीका कारण भासिएको थियो । एक महिना पुग्न लागिसक्दासमेत पुलको मर्मत भएको छैन ।
गौरीगञ्जका विद्यानन्द राजवंशीले सदरमुकाम चन्द्रगढी जानका लागि सोही पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए । सवारी साधन र यात्रु भासिएको पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तीन वर्षअघि रु ६ करोडको लागतमा उक्त पुल निर्माण भएको थियो ।
पुलको लम्बाइ ५४ मिटर रहेको छ । बाढीलाई थेग्न नसकेपछि मध्यभागको पिलर भासिएर पुल बाङ्गिएको छ । पुलको मध्य भागमा रहेको जग भासिएपछि यातायात आवतजावतमा रोक लगाइएको हुलाकी सडक आयोजना इटहरीका सूचना अधिकारी उपेन्द्र दासले जानकारी दिए ।
पुल निर्माण भएको तीन वर्ष बितिसक्दासमेत पहुँच मार्ग र रेलिङको कार्य सम्पन्न नभइसकेका कारण निर्माण व्यवसायीले उक्त पुल सरकारलाई हस्तान्तरण गर्न बाँकी थियो । ‘पुलमा तीनवटा जग थियो’, उनले भने, ‘नदीमा आएको बाढीले बगाएर ल्याएका रुख पुलमा अड्किँदा लोड थाम्न नसकेर जग भासिएको हो ।’
उनले भासिएको पुलको जाँचबुझका लागि पुल महाशाखाका उपनिर्देशक ललितजङ्ग खनालको नेतृत्वमा विशेषज्ञको टोली गठन भइसकेको जानकारी दिए । उनका अनुसार टोली दुई तीन दिनभित्रमा झापा आउने र सोको अध्ययन अनुसन्धान गर्ने भएको छ ।
टोलीले दिएको सुझावअनुसार नै पुलको मर्मतसम्भार गरिने उनको भनाइ छ । तत्काल सवारीसाधन आवागमनका लागि नदीमा डाइभर्सन बनाउने तयारी भइरहेको उनले बताए । सहरी विकास, भौतिक योजना तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान सिंहले पुल भासिएलगत्तै अनुगमन गरेर पुलको तत्काल मर्मत गर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण