बेँसीसहर–चामे सडक अवरुद्ध
सारांश
- लगातारको वर्षाले लमजुङ-मनाङ सडकखण्डको बेँसीसहर चामे सडक अवरुद्ध भएको छ।
- अक्टोपस झरनामा पानीको बहाव बढेका कारण र ठाउँ-ठाउँमा ढुङ्गा खसेकाले सडक बन्द गरिएको हो।
- सडक अवरुद्ध हुँदा मनाङ घुम्न गएका पर्यटक र स्थानीय बासिन्दालाई समस्या भएको छ।
लमजुङ । केही दिनदेखि परेको वर्षाका कारण लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ ठाउँमा सडक माथिबाट ढुङ्गाहरु झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो १४ः ३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले पानी निरन्तर परेपछि सो अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था नरहेको र जगतलगायत विभिन्न स्थानमा सडक माथिबाट ढुङ्गाहरु खसिरहेपछि सवारी सञ्चालन ठप्प भएको बताए ।
सो स्थानमा प्रहरी परिचालन गरिएको र झरनाको पानी कम र ढुङ्गा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ । सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन् । यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ ।
यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारी साधन सञ्चालन हुँदै आएको छ । पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ ।
सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरु बढी प्रत्यक्ष मर्कामा पर्ने गरेको छ । ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण