राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिट खारेज हुनुपर्छ : महान्यायाधिवक्ता भण्डारी
सारांश
- महान्यायाधिवक्ता सविता भण्डारीले सरकार जेनजी आन्दोलनको जगमा बनेको बताइन्।
- उनले कांग्रेस र एमालेले नियुक्त गरेका राजदूत फिर्ता बोलाएको जिकिर गरिन्।
- सरकारले राजनीतिक नियुक्तिका राजदूतले काम गर्न नसक्ने दाबी गर्दै फिर्ता बोलाएको हो।
काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले यो सरकार जेनजी आन्दोलनको जगमा बनेकाले कांग्रेस र एमालेले नियुक्त गरेका राजदूत फिर्ता बोलाएको जिकिर गरेकी छिन् । शुक्रबार विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध परेको रिटमा सरकारको तर्फबाट बहस गर्दै उनले सो कुरा बताएकी हुन् ।
राजनीतिक पार्टीबाट नियुक्त भएका राजदूतले काम गर्न सक्दैनन् भन्ने लागेर सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेको उनको दाबी छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सरकारका तर्फबाट महान्यायाधिवक्ता भण्डारीले विभिन्न देशबाट राजदूत फिर्ता गरे पनि त्यहाँ कर्मचारीबाट अहिलेलाई काम चल्ने दाबी गरिन् । ‘राजा नहुँदा कर्मचारीबाट देश चल्छ भने राजदूतबिना पनि कूटनीतिक क्षेत्र चल्छ,’ उनले भनिन्, ‘त्यसैले राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिट खारेज होस् ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण