सरकारको चालामाला हेर्दा तोकिएकै मितिमा चुनाव हुनेमा आशंका पैदा भयो : प्रभु साह
सारांश
- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताए।
- उनले सरकारले जेन-जी आन्दोलनको भावनामाथि खेलवाड गरेको र चुनावको वातावरण बनाउन नसकेको आरोप लगाए।
- साहले सरकारले राजदूत फिर्ता बोलाएको र मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे।
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गठन भएको ४५ दिन पुगिसक्दापनि सरकार आफ्नो मूल लक्ष्य हासिल गर्नेतर्फ सफल हुन नसकेको बताएका छन् ।
पार्टीको गोकर्णेश्वर नगर कमिटीले शनिबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै साहले चुनाव गराउने मूल उद्देश्यप्रति जिम्मेवार हुन र सुशासन कायम गर्ने सवालमा गम्भीर बन्न प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिए । तर, वर्तमान सरकारको चालामाला हेर्दा तोकिएकै मितिमा चुनाव हुनेमा आशंका पैदा भएको उनको टिप्पणी छ ।
सुशीला सरकारले जेन–जी आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको भन्दै साहले पूरानै व्यवस्था र संविधानबाट देशले निकास नपाउने ठोकुवा गरे । उनले नेपाली जनताले अर्को निर्णायक हस्तक्षेपकारी संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने,‘यो सरकार जेनजीहरुको भावनामाथि खेलवाड गर्दैछ, अहिलेसम्म आन्दोलनमा दमन गर्नेहरुमाथि कारबाही गर्न सकेको छैन । उल्टै आन्दोलनमा भाग लिएकाहरुलाई धरपकड गरिराखेको छ।’
सरकारले आफ्नो राष्ट्रिय सम्पत्ति (सार्वजनिक संस्था) मा कति क्षति भयो भनेर पनि तथ्य जनतासामू पेश गर्न नसकेको उनको आरोप छ ।
सरकारले चुनावको लागि भयरहित वातावरण बनाउनुपर्नेमा उल्टै भय थप्ने काम गरेको र नागरिक अहिले सुरक्षाको प्रत्याभूतिको खोजीमा रहेको साहको टिप्पणी छ ।
भदौ २३ र भदौ २४ गतेको घट्नाको अध्ययन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारी नै असुरक्षित हुन थालेको र जाँचबुझको लागि जिल्ला भ्रमणमा जाँदा एमालेका नेताहरूले धम्की दिएका भिडिओ आउन थालेको भन्दै सरकार निरीह बनेको उनको आरोप छ ।
चुनावी सरकारले पाँच वर्षको म्याण्डेट लिएर आएको सरकारझैं वैदेशिक सम्बन्धमा नै खलल पुर्याउनेगरि बिनाकारण विभिन्न देशका राजदूतहरु फिर्ता बोलाएको साहको आरोप छ ।
प्रधानमन्त्री बनेको ४५ दिन पुगिसक्दापनि अहिलेसम्म आफ्नो क्याविनेटलाई पूर्णता दिन नसक्नु प्रधानमन्त्रीको असफलता भएको उनको आरोप छ । त्यसमा पनि मन्त्री बनाउने भनेर केही व्यक्तिहरुको नाम लिने, राष्ट्रपति कार्यालयमा सिफारिश गर्ने अनि काट्ने काम गरेको भन्दै उनले आक्रोश पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण