वीरगन्ज भन्सारमा पनि सुरु भयो डाटाबेसमा आधारित भन्सार मूल्याङ्कन
शनिबार, १५ कात्तिक २०८२, २२ : २३
सारांश
- वीरगन्ज भन्सार कार्यालयमा डाटाबेसमा आधारित भन्सार मूल्याङ्कन प्रणाली सुरु भएको छ।
- शनिबारदेखि अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको उद्घाटन गरेका हुन्।
- यस प्रणालीले व्यवसायीका समस्या समाधान गर्नुका साथै भन्सार चुहावट रोक्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । वीरगन्ज भन्सार कार्यालयमा पनि डाटाबेसमा आधारित भन्सार मूल्याङ्कन प्रणाली सुरु भएको छ । शनिबार कात्तिक १५ गतेदेखि सो प्रणाली अनुसार मूल्याङ्कन सुरु गरेको कार्यालयले जनाएको छ । उक्त प्रणालीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका छन् ।
यसअघि विराटनगर भन्सार कार्यालयमा परीक्षणको रूपमा उक्त प्रणाली सुरु गरिएको थियो । सो प्रणाली सफल भएपछि सबैभन्दा ठूलो भन्सार कार्यालयको रूपमा रहेको वीरगन्जमा यसको सुरुवात गरिएको हो ।
यसको सुरुवातले वास्तविक आयात मूल्य र भन्सार मूल्याङ्कनमा हुने भिन्नताले व्यवसायीले भोग्दै आएको लेखापरीक्षण समस्या समाधान गर्न र भन्सार विन्दुमा मूल्याङ्कनका कारण हुनसक्ने भन्सार चुहावट रोक्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
_44rkUKN4Al.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण