सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

अपडेट: पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा

आइतबार, १६ कात्तिक २०८२, २३ : ३५
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • चितवनको इच्छाकामना गाउँपालिका-३ चुम खोलामा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
  • आइतबार राति करिब ११:३० बजेबाट सडकमा सवारी आवागमन बन्द भएको थियो।
  • सडक विभाग र प्रहरीको संयुक्त टोलीले तत्काल पहिरो पन्छाएपछि आवागमन सामान्य बनेको छ।

काठमाडाैँ। आइतबार राति इच्छाकामना गाउँपालिका–३ चुम खोलामा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। राति करिब ११ः३० बजेबाट सडकमा सवारी आवागमन सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

सडक दुईतर्फी अवरुद्ध भएपछि सडक विभाग र प्रहरीको संयुक्त टोलीले तत्काल पहिरो पन्छाउने कार्य सुरु गरेको थियो। 

पहिरो पन्छाइएपछि आवागमन सामान्य बनेको मुग्लिन प्रहरीले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप