बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ

सोमबार, १७ कात्तिक २०८२, १० : ०१
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • रौतहटमा चोरीको शङ्कास्पद मोटरसाइकल बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा रामलाल पासवान र परमानन्द महतो रहेका छन्, उनीहरू रौतहटमा मोटरसाइकल बिक्री गर्दै थिए।
  • प्रहरीले दुईवटा मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका–८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र  कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका  ४९ वर्षीय परमानन्द महतो (प्रेम महतो) छन् । ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको टोलीले आइतबार राति करिब साढे ८ बजेतिर दुई जनालाई  मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, उनीहरू मधेस प्रदेश ०५–००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरका दुई मोटरसाइकलमा आएका थिए र स्थानीयहरूसँग सवारी बिक्रीको लागि कुरा गरिरहेका थिए। शङ्का लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिकै दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरले पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप