रुपन्देही र सिराहामा सवारी दुर्घटना : २ जनाको मृत्यु
सारांश
- रुपन्देही र सिराहामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
- रुपन्देहीमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भयो।
- सिराहामा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । रुपन्देही र सिराहामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–९ भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति
दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–५ मितेरी टोल बस्ने २९ वर्षीय मदन पौडेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सिराहाको नरहा गाउँपालिका–३ चोहर्वास्थित सडकमा मधेस प्रदेश ०१–००१ ज ०११२ नम्बरको विङ्गरले स.२ प ९५३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्नमा गाउँपालिका–३ बस्ने ५० वर्षीय बच्चु महतो कोइरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अनुराधा हेल्थ केयर अस्पताल नयाँ चोहर्वामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्युरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण