अपडेट
मन्त्री र सचिवसँग प्रधानमन्त्रीले मागिन् कार्यप्रगति
सोमबार, १७ कात्तिक २०८२, १५ : ०७
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएपछिका कामको विवरण माग गरेकी छिन्।
- सोमबार सिंहदरबारमा मन्त्री र सचिवहरूसँग प्रधानमन्त्रीले कार्यप्रगतिबारे छलफल गरिन्।
- प्रधानमन्त्री कार्कीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिनेछिन्।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएयता भएगरेका कामहरुको मन्त्री र सचिवहरुसँग कार्यप्रगति विवरण मागेकी छन् ।
सोमबार सिंहदरवारमा मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले कार्यप्रगति विवरण मागेकी हुन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयले भन्यो, ‘मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन समेत दिनुभएको छ ।’
जेनजी आन्दोलनबाट केपी ओली नेतृत्वको सरकार विस्थापित भएपछि गत भदौ २७ गते कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने प्रमुख म्यान्डेट कार्की नेतृत्वको सरकारले पाएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको ५० दिनपछि कार्यप्रगतिका लागि मन्त्री र सचिवहरुको बैठक बोलाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण