माओवादी मधेस प्रदेश संसदीय दलको नेतामा साह पुनः नियुक्त
सोमबार, १७ कात्तिक २०८२, १७ : ५४
धनुषा । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह पुनः नियुक्त भएका छन् । मधेस प्रदेशका पूर्वमन्त्री समेत रहेका साहलाई आज पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशसभामा दलको नेता पुनः नियुक्त गरेका हुन् ।
सभामुख रामचन्द्र मण्डललाई माओवादी केन्द्रका संयोजकसमेत रहेका दाहालद्वारा हस्ताक्षरित पत्र पठाएर साहलाई दलको नेता कायम गर्न निर्णय भएको जानकारी गराइएको छ ।
पत्रमा भनिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद साहलाई पुनस्र्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउन अनुरोध गर्दछु ।’
साह यसअघि पनि माओवादी केन्द्रको तर्फबाट संसदीय दलको नेता रहिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण