शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कमलादीस्थित गणेश मन्दिरमा गरियो ‘पाँच पाण्डव’को शुभसाइत

मङ्गलबार, १८ कात्तिक २०८२, १२ : १७
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • काठमाडौंमा फिल्म 'पाँच पाण्डव'को शुभसाइत सम्पन्न भयो।
  • शुभसाइतमा हरिवंश आचार्य, जितु नेपाल, र निर्देशक वसन्त निरौला लगायतको उपस्थिति थियो।
  • कल्याणी साखले निर्माण गर्ने फिल्ममा ३ करोड ३२ लाख रुपैयाँ बजेट लाग्ने अनुमान छ।

काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’को शुभसाइत गरिएको छ । मंगलबार कमलादीस्थित गणेश मन्दिरमा गरिएको शुभसाइतमा हरिवंश आचार्य, जितु नेपाल, निर्देशक वसन्त निरौला लगायतका कलाकारको सहभागीता थियो । कार्यक्रममा फिल्मको स्क्रिप्ट पूजा गर्दै शुभसाइत गरिएको हो ।

वसन्त निरौलाको निर्देशन रहने फिल्मलाई कल्याणी साखले निर्माण गर्न लागेकी हुन् । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौला, सीताराम कट्टेल ‘धुर्मुस’लगायतको अभिनय रहनेछ । 

फिल्म गत चैत १७ गते चलचित्र विकास बोर्डमा दर्ता भएको थियो । ३ करोड ३२ लाख रुपैयाँ बजेट बन्न लागेको फिल्म  काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप