उत्तर कोरियाका ‘सेरेमोनियल’ राष्ट्राध्यक्षको निधन
मङ्गलबार, १८ कात्तिक २०८२, १२ : २६
सारांश
- उत्तर कोरियाका 'सेरेमोनियल' राष्ट्राध्यक्ष किम योङ नामको निधन भएको छ।
- ९७ वर्षीय किमको सोमबार निधन भएको कोरियाली सञ्चार माध्यमले जनाएको छ।
- उत्तर कोरियाली नेता किम जोङ उनले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरे।
प्योङयाङ । उत्तर कोरियाका ‘सेरेमोनियल’ राष्ट्राध्यक्षको निधन भएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले मंगलबार किम योङ नामको मृत्युको भएको भन्दै समाचार छापेको हो ।
कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)का अनुसार, देशको सर्वोच्च जनसभाको प्रेसिडियमका पूर्व अध्यक्ष ९७ वर्षीय किम योङ नामको सोमबार मृत्यु भएको हो । शरीरका कयौँ अंगहरूले काम गर्न बन्द गरेपछि नामको मृत्यु भएको बताइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले नामको शव अगाडि उनलाई श्रद्धाञ्जली अर्पण गरेको अनि उनको मृत्युमा गहिरो समवेदना व्यक्त गरेको समाचारमा भनिएको छ । किम योङ नामको अन्त्येष्टि बिहीबार हुने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण