दर्शकको सकारात्मक प्रतिक्रियापछि हलले बढायो 'परान'को शो
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'परान' लाई दर्शकले रुचाएका छन् र सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्।
- पारिवारिक कथामा आधारित फिल्मको निर्देशन दीपकप्रसाद आचार्यले गरेका हुन्, र यो उनको डेब्यु फिल्म हो।
- फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ र दर्शकको प्रतिक्रिया सकारात्मक छ।
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म हो 'परान' । फिल्मले दर्शकबाट सुखद प्रतिक्रिया प्राप्त गरिरहेको छ । पारिवारिक कथामा बनेको फिल्म हेरेर दर्शक भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालबाट बाहिर आएका छन् । उक्त भिडियोमा फिल्मलाई धेरैले प्रशंसा गरेको देख्न सकिन्छ ।
फिल्मका निर्देशक दीपकप्रसाद आचार्य हुन् । यो उनको निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको दर्शकबाट प्रसंसापछि शो समेत बढेको निर्देशक आचार्यले बताए ।
फिल्मको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा भएको उनले सुनाए । ‘फिल्मको केन्द्रीय भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ । अन्य कलाकारले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन्’ उनले थपे ।
रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि कलाकार, व्यवसायीका साथमा पत्रकार तथा सम्पादकले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना भनेर प्रशंसा गरेका थिए ।
उद्योगपति शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सह–स्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा फिल्म निर्माण भएको फिल्मले सुरुका दिन भन्दा सोमबारबाट दर्शक बढी पाएको छ ।
_I0k3IFZPki.jpg)
फिल्ममा नीर शाहको अलवा पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण