मन्त्रिपरिषद् बैठक निर्णय
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक
मङ्गलबार, १८ कात्तिक २०८२, १४ : २६
काठमाडौँ । सोमबार(कात्तिक १७) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।
त्यस्तै स्विट्जरल्याण्डको जेनेभामा २०८२ मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण