शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

कांग्रेस केन्द्रीय समिति : पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्ताव

मङ्गलबार, १८ कात्तिक २०८२, १५ : ००
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । महामन्त्री गगन थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।

बैठकमा बोल्दै थापाले अधिवेशनलाई मङ्सिरमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका कारण पुसमा सार्ने सहमति बन्ने सम्भावना हुने भन्दै पुसमा सारेको जानकारी दिए । थापाले पार्टी नेतृत्व र कार्यकर्ताबिचको एकता बलियो बनाउन महाधिवेशनलाई केन्द्रमा राख्दै काम अघि बढ्नुपर्ने बताए ।

थापाले भने, ‘पार्टी एक हुने पूर्ण विश्वासका साथ पार्टीलाई साझा निर्णयमा पुर्‍याउँछौँ । सबै मिलेर पुसमा अधिवेशन गर्ने तयारी गर्नुपर्छ ।’

थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका मौखिक रूपमा पेस गरेका हुन् ।

पार्टीको विधान संशोधनमा युवाको सहभागिता, समावेशी प्रतिनिधित्व र ल्याटरल एन्ट्री प्रणाली थप्ने प्रस्तावबारे पनि छलफल भइरहेको थापाले बताए । थापाले भने, ‘कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने, समावेशी र गतिशील बनाउने दिशामा यो अधिवेशन निर्णायक हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप