झाडापखाला नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन
जनकपुर । मधेस प्रदेशमा झाडापखालाका बिरामी देखिन थालेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले नियन्त्रणका लागि तत्काल कदम चाल्न र आवश्यक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सोनलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशका सचिव, सप्तरीका प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरी स्वास्थ्य कार्यालय सप्तरीका प्रमुखसँग प्रत्यक्ष छलफल तथा टेलिफोन वार्ता गरी झाडापखाला नियन्त्रणका लागि आवश्यक योजना र तत्कालीन कार्यान्वयनका उपायहरू अवलम्बन गर्न निर्देशन दिए ।
उनले सङ्क्रमितहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, औषधि, रोग निदानका उपकरण तथा आवश्यक स्वास्थ्य सामग्रीहरू तुरुन्तै उपलब्ध गराउन निर्देशन दिए ।
त्यस्तै मुख्यमन्त्री सोनलले प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकहरूलाई पनि आवश्यक स्रोत साधन परिचालन गर्न र महामारी फैलिन नदिन सर्वसाधारणमा जनचेतना कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिए ।
प्रदेश सरकारले झाडापखालाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक परेमा स्वास्थ्य विज्ञ टोलीसहित जनशक्ति परिचालनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण