एमाले नेताहरूले हाँसेर बोलिदिए मात्रै पुग्छ : नेता श्रेष्ठ
सारांश
- एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले एमालेमा बिना शर्त फर्किन तयार रहेको बताए।
- श्रेष्ठले रामकुमारी झाँक्रीसहित स्थायी कमिटी सदस्यहरू एमालेमा फर्किने अभियानमा रहेको जानकारी दिए।
- उनले कुनै पदको लोभ नभएको र एमाले नेताहरूले सम्मानजनक व्यवहार गरे पुग्ने बताए।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले आफूहरू कुनै सर्तबिना नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन्।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता श्रेष्ठले नेतृ रामकुमारी झाँक्री लगायतका स्थायी कमिटी सदस्यसहितको टोली एमालेमा फर्किने अभियानमा रहेको जानकारी दिएका हुन्।
उनले आफ्नो मूल घर एमालेमै फर्किन चाहेको स्पष्ट पार्दै आफूहरू कुनै पदको लोभमा नभएको जिकिर गरे। उनले भने, ‘हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ।’
नेता श्रेष्ठले आफूहरू नि:सर्त घर फर्किँदै गरेको र एमाले नेताहरूले आफूहरूलाई हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताए।
एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णय गरेपछि तथा पार्टीका महासचिव र सम्मानित नेताहरूले अर्को पार्टी पुनर्गठन गर्ने प्रक्रिया अगाडि बढाएपछि आफूहरू कसैसँग समाहित नभई सिधै एमालेको मूल घर फर्किन चाहेको उनको भनाइ छ।
श्रेष्ठले थपे, ‘हामी कुनै पदको लागि होइन, निःसर्त घरमा फर्किँदै छौँ। हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ।’
उनले एमालेसँग वार्ता र संवाद भइरहेको समेत जानकारी गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण