प्रचण्डसँग ८ वर्षे बिदा सकेर फेरि जुट्यौँ : गोपाल किराती
बुधबार, १९ कात्तिक २०८२, १४ : ४८
काठमाडौँ । देशभक्त मोर्चाका संयोजक गोपाल किरातीले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध विच्छेदको ८ वर्ष पछि फेरी जोडिएको बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा कार्यक्रममा किरातीले २०७४ पछि अध्ययन बिदामा बसेको बताएका हुन् ।
‘प्रचण्डसँगको सम्बन्धमा २०७४ मा छुट्यौँ । २०८२ जुट्यौँ । वस्तुगत आवश्यकताको आधारमा ८ वर्षे अध्ययन बिदा सकेर यहाँ जुट्यौँ’, उनले भने, ‘म खुसी र गौरव पनि गर्दछु । यसमा यति अध्ययन गर्यौँ । नेपालमा क्रान्ति कसरी गर्ने ? मुख्यतः नेपाल बुझ्नुपर्यो । नेपाली विशेषताको समाजवादमा कसरी पुग्नेबारे अध्ययन गरेर म फर्किएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण