शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एकता घाेषणा समाराेह

यस्तो छ नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र (पूर्णपाठ)

बुधबार, १९ कात्तिक २०८२, १७ : २८
बुधबार, १९ कात्तिक २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पाटीको घोषणापत्र सार्वजनिक गरिएको छ । बुधबार भृकुटीमण्डपमा आयोजित एकता सभा तथा राष्ट्रिय सम्मेलनमा उक्त पार्टीको घोषणापत्र पढेर सार्वजनिक गरिएको हो ।

नेता देव गुरुङले नवगठित पार्टीको घोषणापत्र अहिलेलाई संक्षिप्त मार्गचित्रका रूपमा प्रस्तुत गरिएको बताए ।

पार्टीको विस्तृत घोषणापत्र भने अव बन्ने कार्यदलले बनाउने भन्दै अहिले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउन तयार गरिएको प्रस्तावका रूपमा रहेको जनाइएको छ । संक्षिप्त घोषणापत्रमा २३ बुँदे प्रतिबद्धता समेटिएको छ । 

जसमा समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध, नेपालको संविधानको रक्षासहित सङ्घीयताको सवलीकरणका लागि परिमार्जन गरिने, भ्रष्टाचार नियन्त्रण र सुशासन, सम्पत्ति जाँचबुझ आयोग गठन र भ्रष्टाचारीलाई कारबाही गर्न कदम चाल्ने, स्वास्थ्य शिक्षाजस्ता आधारभूत सेवाको ग्यारेन्टी गरिने घोषणापत्रमा समावेश छ । 

बहिष्करण र वञ्चितिकरणमा परेकाहरूको अधिकार सुनिश्चित गर्न लागि पर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण र गरिबी नियन्त्रणको प्रयास गर्नेलगायत रहेका छन् ।

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप