मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

बिहीबार, २० कात्तिक २०८२, ०१ : ००
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्र 'पाँच पाण्डव' निर्माण हुने भएको छ।
  • चलचित्रको कथा सामाजिक विषयवस्तुमा आधारित हुने र पाँच दाजुभाइको कथा प्रस्तुत गरिनेछ।
  • सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशन रहने चलचित्रमा सीताराम कट्टेल, जितु नेपाललगायतको अभिनय रहनेछ।

काठमाडौँ । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।

उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए । निर्देशक निरौलाले भने, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दै छौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।”

उनले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङलगायतको अभिनय रहने जानकारी दिए। छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताए । 

कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ छन् । ‘पाँच पाण्डव’ ले हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र पाँच पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप