बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान

बिहीबार, २० कात्तिक २०८२, १० : ३७
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ सम्मान अर्पण गरिएको छ।
  • मिलाप मासिकले काठमाडौँमा एक विशेष कार्यक्रममा उनलाई सम्मान प्रदान गरेको हो।
  • उनले एक हजारको हाराहारीमा गीत गाएकी छन्, र उनी हाल अमेरिकामा बस्दै आएकी छन्।

काठमाडौँ । वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच मिलाप मासिकले उनलाई  सम्मान प्रदान गरेको हो ।

कार्यक्रमका मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, महाकाव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, सानु श्रेष्ठ, मिलाप फाउन्डेसन अध्यक्ष गीता अधिकारीलगायतले उनलाई सम्मान प्रदान गरे । 

कार्यक्रममा गायक तथा संगीतकार कन्हैया सिंह, अनेसासका पूर्वअध्यक्ष लेकाली, महाकाव्यकार खेमनाथ दाहाल लगायतले गायिकाको गायनको चर्चा गरेका थिए । 

नेपाली गायन क्षेत्रमा आफ्नै पहिचान स्थापित अञ्जनाले एक हजारको हाराहारीमा गीत गाएकी छन् । उनको ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माइला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायत धेरै गीतहरू श्रोता–दर्शकबिच निकै मन पराइएका छन् । गायिका गुरुङ पछिल्लो केही वर्षदेखि अमेरिका बस्दै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप