वीरगन्ज नाकाबाट निर्यात बढ्यो
सारांश
- चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यातमा वृद्धि भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा बढेको छ।
- पहिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ।
- भटमासको तेल, जुस, सूर्यमुखीको तेल, कपडा र सेन्थेटिक यार्न निर्यात भएका मुख्य वस्तुहरू हुन्।
पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए ।
चालु आवको तीन महिनामा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
यसैगरी, चालु आवको तीन महिनामा रु दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ ।
साथै रु एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र र रु ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण