सांसद रहबर अन्सारीले मोसो दलेर गरे विरोध
मधेस प्रदेशसभाको बैठक चलिरहेकै बेला नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा कालोमोसो दलेका छन्।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा बोल्दै अन्सारीले प्रदेश सभामा रहेका कुनै पनि सदस्यसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने घोषणासहित अनुहारमा कालोमोसो दलेका हुन्।
उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरूले जनताको मर्मअनुसार काम गर्न नसकेकाले यो प्रदेश सभाका सदस्यहरूले निकास दिन नसक्ने स्पष्ट पारे। "आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग सरकारको नेतृत्व गर्ने अधिकार छैन," उनले भने।
अन्सारीले बोलेलगत्तै माओवादी केन्द्रकै प्रदेश सभा सदस्य माला कर्णले पनि विश्वासको मत नदिने घोषणा गरिन्। उनले प्रदेश सरकारको निर्णयसमेत केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णयअनुसार अगाडि बढ्न नसक्ने बताएकी छिन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण