नेपाल संघीय समाजवादी पार्टीले सोनललाई विश्वासको मत नदिने
शनिबार, २२ कात्तिक २०८२, १६ : २४
धनुषा । नेपाल संघीय समाजवादी पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत नदिने निर्णय गरेको छ।
आज भएको पार्टीको आन्तरिक बैठकपछि विश्वासको मतका विषयमा सहमति जुट्न नसकेको पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले जानकारी दिएका छन्।
अध्यक्ष अन्सारीका अनुसार पार्टीभित्र मत दिने वा नदिने विषयमा लामो छलफल भए पनि अन्ततः आन्तरिक मतभेदका कारण समर्थन नगर्ने निष्कर्षमा पुगेको हो। नेपाल संघीय समाजवादी पार्टीको मधेस प्रदेशसभामा एकजना मात्र सांसद छन्। सोही सांसदले विश्वासको मत प्रक्रियामा भाग नलिने जनाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण