बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

आइतबार, २३ कात्तिक २०८२, १३ : २८
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • चितवन र मकवानपुरमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
  • चितवनमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, चालक नियन्त्रणमा।
  • मकवानपुर र कैलालीमा बस र जिपको ठक्करबाट २ जनाको मृत्यु, चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । चितवन र मकवानपुर लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो । 

चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकस्थित सडकमा मधेस प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनरले बा.प्र.०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती नगरपालिका–७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने २० वर्षीया विमला तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकस्थित सडकमा बाप्र ०३–००१ ख

२६५६ नम्बरको बसको ठक्करबाट पैदल यात्री रुपन्देही देवदह नगरपालिका–८ बस्ने ३७ वर्षीय रामबहादुर बोहराको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरस्थित सडकमा लु.२ च २३५८ नम्बरको जिपको ठक्करबाट साइकल यात्री बर्दगोरीया गाउँपालिका–६ कोटा तुलसीपुर बस्ने ५५ वर्षीय शङ्कर डगौराको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना साइकल यात्रीहरूको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ भने १ जना पैदल यात्रीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप