आफ्नै तलब घटाउँदै जापानी प्रधानमन्त्री
काठमाडौँ । जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले आफ्नो तलब घटाउने भएकी छिन् । आफू र मन्त्री परिषद्का अन्य सदस्यको तलब कटौती गर्न उनले सरकारी कर्मचारीको तलबसम्बन्धी कानुनमा संशोधन गर्ने योजना बनाएकी भन्दै जापान टाइम्सले सम्बन्धित मन्त्रीहरूलाई उद्धृत गर्दै समाचार छापेको छ ।
समाचारका अनुसार संसद्को चालु सत्रमा छिटोमा मङ्गलबारसम्म यसबारे छलफल गरिने छ ।संशोधनले अहिले प्रधानमन्त्री र मन्त्रीपरिषद्मा रहेका अन्य मन्त्रीहरूलाई दिइरहेको अतिरिक्त भत्ता रोक्का गरिनेछ ।
प्रशासनिक कार्यकुशलता र वित्तीय सुधारका लागि आफूले गरेको प्रतिबद्धतालाई जोड दिन ताकाइचीले यो कदम चालेकी हुन् ।
ताकाइचीले लामो समयदेखि मन्त्रीहरूले खाइपाइ आएको तलब घटाउनु पर्छ भन्दै आएकी थिइन् ।
अक्टोबरमा प्रधानमन्त्री बनेपछिको आयोजित पत्रकार सम्मेलनमा उनले कानुन निर्माताहरूलाई गरिँदै आएको अतिरिक्त भुक्तानी बन्द गर्न कानुन संशोधनमा काम गर्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण