३ अर्ब ५० करोडको लगानीमा बुटवलमा पहिलो पाँचतारे होटल सञ्चालनमा
रुपन्देही । बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँको लगानीमा पहिलो पाँचतारे होटल ’ह्यात प्लेस’ सञ्चालनमा आएको छ ।
यशस्दा फुड्स ग्रुपको लगानीमा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा होटलले आज पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरेको हो ।
होटलमा ६ श्रेणीका १ सय ९ कोठा रहेका छन् र एक रातमा २ सय ५० पाहुनालाई आतिथ्य सेवा दिन सक्ने क्षमता छ । होटल सञ्चालक समितिका अध्यक्ष चुन्नु प्रसाद पौडेलका अनुसार, होटलमा आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गरी सेवाहरू उपलब्ध छन् ।
कुल लगानीको ६५ प्रतिशत बैंक ऋण र बाँकी ३५ प्रतिशत चुन्नु प्रसाद पौडेलसहित ६ जना सञ्चालकहरूको संयुक्त लगानी रहेको छ ।
होटल पूर्ण क्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी दिने र त्यसमा स्थानीयलाई प्राथमिकता दिइएको सञ्चालक नरेश्वर शर्माले बताएका छन् ।
बेलहिया नाका नजिकै रहेकाले भारतीय पर्यटकलाई लक्षित गरी निकट भविष्यमा क्यासिनो सञ्चालनको तयारीसमेत रहेको जानकारी दिइएको छ । होटलको व्यवस्थापन भने विश्वभर ४२० स्थानमा फैलिएको ’ह्यात प्लेस’ ले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण