निर्वाचनमा सहयोग गर्न गण्डकीका मुख्यमन्त्रीको अपिल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहेकाले प्रदेशहरूले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रदेश सरकारका तर्फबाट निर्वाचनको माहोल बनाउन सबैसँग अपिल गरे ।
‘प्रतिनिधि सभाको चुनाव घोषणा भई सङ्घ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचन प्रक्रियालाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो,’ उनले भने, ‘यस कार्यमा सहयोग गर्नुहुन प्रदेश सरकारको तर्फबाट प्रदेश सभाका सदस्यज्यूहरू, राजनीतिक दल, नागरिक समाज, युवाहरू लगायत सबै प्रदेशवासीमा अनुरोध गर्दछु ।’
उनकै दल नेपाली कांग्रेस भने प्रतिनिधि सभा पुनः स्थापनाको माग सहित सङ्घका सांसदहरूको हस्ताक्षर उठाइरहेको छ ।
सत्ता साझेदार नेकपा एमाले पनि पुनः स्थापनाको माग गरिरहेको छ । यो अवस्थामा निर्वाचन हुनेमा धेरैले आशङ्का गरिरहेको अवस्थामा मुख्यमन्त्री पाण्डेले निर्वाचनबाट नै अहिलेको गतिरोध अन्त्य हुने बताएका छन् ।
यसअघि, सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए । छलफलबाट निस्केपछि उनले सङ्घ सरकार निर्वाचन गराउने बाटोमै रहेको प्रतिक्रिया दिएका थिए ।
प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ता र मतदाता नामावलीमा नाम दर्ताको क्रम चलिरहेको छ । सोमबारकै प्रदेश सभा बैठकमा एमालेतर्फका सांसदहरूले चाहिँ प्रतिनिधि सभाको पुनः स्थापनाको माग गरे ।
सांसद बेदबहादुर गुरुङले असंवैधानिक तवरबाट जन निर्वाचित प्रतिनिधि सभा विघटन गरेकाले तत्कालै पुनःस्थापना हुनुपर्ने माग राखेका हुन् ।
अर्का सांसद श्यामराजा महतले पनि प्रतिनिधि सभा पुनःस्थापना गरेपछि मात्रै जेनजी पुस्ताको माग सम्बोधन गर्न सकिने भन्दै पुनः स्थापनाको माग राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण